मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

कोटेश्वरमा खुल्यो ब्युटिस्टेशनः सीप पनि सिकाइने

सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले काठमाडौंको कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् ।
रिगल ब्युटी स्टेशन बबिता मानन्धर कायस्थ र एलिजा ठकुरीको संयुक्त प्रयाशमा संचालनमा ल्याइएको हो । रिगलले महिलाहरुको सौन्दर्यसम्बन्धी सबै समस्या समाधान गर्ने दावी गरेको छ । यसले सौन्दर्य कला र कपाल कलासम्बन्धी कक्षासमेत संचालन गर्ने संचालक बबिता मानन्धर कायस्थले जानकारी दिइन् ।
‘हामी यहाँ आउने महिलाको सौन्दर्यसम्बन्धी सबै सेवा उपलब्ध गराउने छौं’, उनले भनिन्, ‘विवाहका लागि महिलाहरुलाई चाहिने सृंगार सम्पूर्ण रुपमा गर्ने छौं ।’
बजारमा सौन्दर्यसम्बन्धी सेवा दिने राम्रो र उपयुक्त स्थानको अभावलाई परिपूर्ती गरी उत्कृट सेवा दिने उद्देश्य राखेर ब्युटी स्टेशन संचालन गरिएको संचालकको भनाइ छ  ।  सौन्दर्य कला र कपालको कला सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई सिप सिकाएर रोजगारीको अबसर उपलब्ध गराउने  लक्ष्य रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया