मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

एनसेल करछली तिहासकै सर्वाधिक ठूलो भ्रष्टाचारः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेल भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा आवाज उठाउँदै त्यस विरुद्ध संघर्ष र आन्दोलन गर्ने घोषणा गरेको छ ।

राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले एनसेल प्रकरणले आर्थिक रूपमा देशलाई ठुलो घाटा पुर्‍याएको बताउँदै करछली प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको रूपमा अघि बढाउने बताएका हुन् ।

देशमा धेरै भ्रष्टाचारका काण्ड सार्वजनिक भइरहेको तर अनुसन्धान गर्ने निकाय र न्याय दिने निकायको इमानदारिता, निष्पक्षता र इच्छाशक्तिको कमी भएको थापाले तर्क गरे । एनसेल करछली प्रकरण इतिहासकै सर्वाधिक ठूलो भ्रष्टाचार काण्ड भएको भन्दै थापाले राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गइरहेकोमा चिन्ता प्रकट गरेका छन् ।

थापाले सुकदेव खत्री महालेखा परिक्षक रहँदा आफ्नो प्रतिवेदनमा एनसेल कर छलीको विषय उजागर गर्नुले नै आज देशको एनसेलको विषय जल्दोबल्दो मुद्दा बनेको बताएका छन् । उनले एनसेल भ्रष्टाचार काण्डको निराकरण गर्न सके देशमा लागेको धमिरा समेत अन्त्य हुने बताएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया