मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

दशैं पछि चिनियाँ राष्ट्रपति चिनपिङ नेपाल आउने

बहुप्रतिक्षित चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी चिनपिङले  दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको हुन् । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ र्फकनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् ।

मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छन् । स्रोतका अनुसार १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किनेछन् ।

सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेताहरुसँग छलफल गर्नेछ । स्रोत्रका अनुसार चिनियाँ पक्षले अहिले पनि राष्ट्रपतिको सुरक्षालाई बढी चासो दिएको छ ।

सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल मदनभण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ । स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया