शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

पूर्व मन्त्री बस्नेतले राष्ट्रपति भण्डारीलाई दिए अहिले सम्मकै ठुलो चेतावनी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादु बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले सम्मकै ठुलो चेतावनी दिएका छन् । मंगलबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण भियानमा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य बस्नेतले राष्ट्रपति भण्डारीले आफ्नो पदिय मर्यादा नाघेको आरोप लगाएका छन् ।

उनले राष्ट्रपति भण्डारीले राष्ट्रपति पदको गरिमालाइ बुझेर, जे पायो त्यहि बोल्दै नहिड्न चेतावनी समेत दिएका छन् ।  कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधान ल्याउन खेलेको योगदानको अवमूल्यन नगर्न नेता बस्नेतले राष्ट्रपति भण्डारीलाई सुझाव दिए ।

आफ्नो पति मदन भण्डारीको हत्यारा पत्ता लगाउन नेता बस्नेतले चुनौति दिए । पत्नी राष्ट्रपति, केपी शर्मा ओली प्रधानमन्त्री अनि मदनको हत्यारा पत्ता लगाउँन कसरे छेक्यो उनले प्रश्न गरे ।  एक हप्ता अघि सार्वजनिक कार्यक्रमा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति देउवाले बोलेको बुँझिन अब समाचारबाट थाहा पाउँछु भन्दै तिखो कटाक्ष गरेकी थिइन् । त्यसैको प्रत्युतरमा  नेता बस्नेतले राष्ट्रपति भण्डारीलाइ यस्तो चुनौति दिएका हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया