शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

कांग्रेसलाई चलाए एक एक कर्मचारीको जन्म कुण्डली उतार्छौंः पूर्वमन्त्री बस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादु बस्नेतले नेपाल कम्युनिष्ट पार्टीको प्रभावमा परेर सिन्धुपाल्चोकमा नेपाली कांग्रेसका कार्यकर्तालाइ चलाउने काम भयो भने त्यसको मूल्य महगो पर्ने प्रहरी प्रशासनलाइ चेतावनी दिएका छन् ।

मंगलबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण भियानमा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य बस्नेतले अहिले नेकपाको प्रभावमा परेर कांग्रेस कार्यकर्ताालाई थरपकड गर्ने काम हुँन खोज्जै छ । यदि त्यस्तो भयो भने कांग्रेसले एक एक हिसाव किताव खोज्छ र त्यसको मूल्य महगो पर्न जान्छ  ।  उनले प्रहरी प्रशासनलाइ चेतावनी दिए ।

उनले भनेः कांग्रेसलाइ चलाउने काम भयो भने एक एक कर्मचारीको जन्म कुण्डली उतारेर राख्छ अनि उनिहरु कहाँ पग्छन् हेरौंला । पञ्चायति व्यवास्थामै आफुमाथि गोली हान्ने आदेश भएको स्मरण गर्दै उनले  आफ्नो लागि डर भन्ने शब्द शब्दकोषमै नभएको प्रस्ट पारे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया