शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

महराका विषयमा अनुसन्धान गर्न १७ संस्थाको माग

महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरूले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएका आरोप र त्यसपछिका घटनाको अनुसन्धान गर्न अपिल गरेका छन् ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १७ वटा संस्थाले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई घटनाको सत्यतथ्य अध्ययन गरी बास्तविकता पुष्टिका लागि अपिल गरेका हुन् ।

‘मानव अधिकारको संरक्षण, प्रवर्द्धन र मानव अधिकार हननका घटनाको अन्वेषण र अनुगमन गर्ने जिम्मेवारी रहेको संवैधानिक आयोग राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई यस घटनाको सत्यतथ्य अध्ययन गरी वास्तविकता पुष्टिका लागि कार्य गर्न हामी हार्दिक अपिल गर्दछौं’, उनीहरूको विज्ञप्तिमा भनिएको छ ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला पुनर्स्थापा केन्द्र (ओरेक), तान नेपाल (लुम), साथी, द स्टोरी किचेन, वातावरणीय कृषि तथा विकास केन्द्र (केड), शक्ति समूह, महिलाका निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज नेपाल, तरङ्गनी महिला अधिकार प्रशिक्षण केन्द्र, महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समूह नेपाल (एटविन), पौरखी नेपाल, नेपाल अपांग महिला संघ, नील हिरा समाज, दिगो सामाजिक विकासका लागि मित्रता, जागृति महिला महासंघ, हिमराईट्स र सिविन नेपालले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया