शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

चिनियाँ राष्ट्रपतिको दुई दिने नेपाल बसाइको कार्यतालिका यस्तो छ

चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह साढे ४ बजे काठमाडौं आइपुग्ने भएका छन् । आइतबार १ बजे स्वदेश फर्कने उनले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । सी सवार विमान शनिबार ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

नेपाल अवतरणपछि चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनेछ । दुई देशका राष्ट्र प्रमुख बीचको भेट साँझ ६:३० मा हुनेछ । त्यसपछि सी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुने कार्यक्रम छ । देउवा र सीको भेटपछि राष्ट्रपति भण्डारीले सीको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

आइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ ।

सी भ्रमणका क्रममा शनिबार दिउँसो २:५५ बजेदेखि ५:२५ सम्म र आइतबार दिउँसो ११:२० बजेदेखि ३:५० सम्म विमानस्थल बन्द हुनेछ ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया