शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

चिनियाँ राष्ट्रपति सीको काठमाडौंमा भव्य स्वागत

दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले भव्य स्वागत गरेका हुन् ।

अपराह्न ४ः४७ मा विशेष विशेष विमानबाट काठमाडौं अवतरण भएका सीको स्वागतमा चिनियाँ नागरिक समेत सडकमा आएका छन् ।

सीको स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी विमान आउनु भन्दा अगाडि नै त्रिभुवन विमानस्थल पुगेकी थिइन् । राष्ट्रपति सीको स्वागतमा मन्त्रीहरुपनि विमानअघिल्तिर पुगेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया