शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

नेपाली क्रिकेट टोलीको कप्तान पारस खड्काद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी मंगलबारबाट त्यागेको बताएका हुन् ।

‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ पारसले विज्ञप्तिमा भनेका छन्, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो ।’

दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गरेका हुन् । उनी नेपालको टी-२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया