बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अब डोल्पाको दुनैमा पनि नेपाल लाइफ इन्स्योरेन्सको शाखा

नेपाल लाइफ इन्स्योरेन्सले डोल्पाको दुनैमा आफ्नो शाखा विस्तार गरेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको बेला एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको बताए ।

त्यस्तै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए । देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आफ‍्नो सेवा पुर्याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद समेत दिएका थिए ।

करिब एक तिहाई बजार हिस्सा ओगटेको कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ ।

१ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया