बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

सरकारले प्रदेश प्रमुख हटाएर गलत गर्यो: देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले सरकारले सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुँन कार्यकर्तालाइ निर्देशन दिएका छन्
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पास्थित बाघ भैरव नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कर्यक्रममा सभापति देउवाले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिको  आरोप लगाउँदै सरकारको प्रतिकारमा उत्रिन कार्यकर्तालाइ निर्देशन दिएका हुन् ।

सभापति देउवाले सरकारले प्रदेश प्रमुखहरुलाई हटाउने निर्णय गलत रहेको र त्यसलाई नसच्याए कांग्रेस आन्दोलनमा उत्रने चेतावनी दिए ।  उनले सरकारले गरेको निर्णय फिर्ता गर्न बाध्य पार्ने गरेर आन्दोलन गर्ने चेतावनी दिए । उनले सरकारले कांग्रेसले चुनाव जितेका स्थानीय तहहरुमा बजेट लगायत अन्य कार्यहरुमा विभेद गरेको आरोप लगाए ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया