बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

सुनकोसी दुर्घटनाका घाइते भेट्न पूर्वमन्त्री बस्नेत अस्पताल पुगे

सुनकोसीमा बस दुर्घटनामा परि घाइते भएकाहरलाई भेट्न पूर्वसञ्चार मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत धुलिखेल अस्पताल पुगेका छन् । आइतबार दिउँसो बस दुर्घटनामा परि घाइते भएकाहरुलाई भेट्न पूर्वमन्त्री बस्नेत सोमबार विहान धुलिखेल अस्पताल पुगेका हुन् ।

घाइतेको अवस्था बुझ्न उहाँसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि अस्पताल पुगेका थिए । उनिहरुले विरामीको अवस्था बुझ्नुका साथै अस्पताले पुर्याउँदै -आएको सेवा सुविधाका विषयमा पनि जानकारी दिएका थिए । घाइते जीवन खडका, प्रनिब आलेमगर र सबिता थापाको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया