बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

विकासको लागि बजेट मागेर होइन कुस्ती खेलेर ल्याउँने होः नेता बस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले  जनताले भाषण भन्दा विकास चाहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पास्थित बाघ भैरव नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कर्यक्रममा नेता बस्नेतले जनताले भाषण नभएर विकास चाहेको बताएका हुन् ।

उनले राज्यको ढुकुटीमा विकास खर्च हुन नसकेको अवस्था देखाउँदै  त्यो बजेट विकास खर्चमा लगाउनु पर्ने बताए ।  उनले बजेट मागेर होइन कुस्ती खेलेर ल्याउनु पर्ने यथार्थ बताए । आफु जिल्लाको विकासका लागि नेकपासँग पनि सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । जिल्लाको विकासका लागि ल्याइएको बजेट  सरकारले पूर्वाग्रह राखेर कटौती गरेको प्रति उनले सरकारको आलोचना गरे ।

नेता बस्नेतकै पहलमा एसियाली विकास बैंकको करिव साढे नौ करोढ रुपियाँको लागतमा उक्त भवन निर्माण भएको हो ।

 

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया