बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

कालापानी, लिपुलेकबारे छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यसबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दलहरूलाई बोलाएका छन् । ओलीले शनिबार दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकेको हुन् ।

बैठकमा सबै पार्टीकाक पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने उनले बताए । यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकारसमर्थ हुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आग्रह गरेको थियो ।

भारतको नयाँ नक्साबारे आफ्नो नक्साबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । प्रतिपक्ष दलहरूले पनि त्यसबारे आफ्नो धारणा बताइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार काठमाडौंस्थित भारतीय राजदूतलाई फोन गरी कालापानी र लिपुलेक नेपालको भूमि भएको बताएका थिए ।

कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा प्रष्ट रहेको र कुनै पनि भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने बताएको थियो ।

यसअघि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो । बिहीबार त्यसको जवाफ दिँदै भारतले नक्सामा भारतको सार्वभौम भूभाग समेटिएको र नेपालको सीमा परिवर्तन नगरिकएको जिकिर गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया