बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

सीमा विवादबारे सचिव स्तरीय छलफल गर्न भारत तयारः देशभर विरोध प्रदर्शन जारी

देश व्यापीरुपमा भारतको विरुध भएपछि कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने भनिए पनि मिति तय भएको छैन ।

भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार नेपालले अनौपचारिक सम्वादहरुमा आफ्नो अडान राखेको छ । यता भारतको विरोधमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा भारत विरुद्ध विरोध प्रदर्शन भइरहेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया