आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

शुल्क बढीलिने चितवन, नेशनल र नोबल मेडिकल कलेजमा छापा

 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारेको छ । चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज वीरगन्ज र नोबल मेडिकल कलेज विराटनगरमा आइतबार छापा मारेको हो । मेडिकल कलेजहरूमा सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन् ।

मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिनको काम सुरू गरिएको स्रोतको भनाइ छ । विभाग स्रोतका अनुसार ती मेडिकल कलेजका भर्नासम्बन्धी महत्वपूर्ण कागजातहरू जफत गरिएको छ ।

नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी हुन् । नोबेल सञ्चालक सुनील शर्मा हुन् भने चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने हुन् । नेसनल र चितवन मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी शुल्क उठाउँदै आएको आरोप छ । नोबेल आफ्नो स्वामित्वमा ल्याउँदै शर्माले गैरकानुनी बाटो अपनाएको र त्यसले कानुनी-आर्थिक दायित्व पूरा नगरेको आरोप छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया