आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

नेविसंघले निकालेको राँके जुलुसमा प्रहरी हस्तक्षेप, २१ पक्राउ

भारतले नेपाली भूमि मिचेकोमा नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनको प्रहरीले हस्तक्षेप गरेको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए । भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले माछापोखरीमा कोणसभा गर्न लागेका थिए ।

प्रदर्शनका क्रममा २१ विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी,मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल,जगदीश थापा, ईश्वर थापा, ध्रुब अधिकारी,सन्तोष खलाल, भीम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय,अशोक क्षेत्री छन् । उ

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया