आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

बलात्कार अभियोगमा जेल पुगेका महरा उच्च अदालत पुगे

पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा डिल्लीबजार कारागार चलान भएका महराले फौजदारी कार्यविधी संहिता २०७४ को दफा ७३ बमोजिम बिहीबार जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएको हुन् ।

महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार इजलास पेस हुँने छ । त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा अघिबढ्ने छ । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया