आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

फौजदारी मुद्दा खेपिरहेका गुरूङलाई मन्त्री पद उपहार

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मन्त्रीमण्डलमा बुधबार सांसद पार्वत गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले कार्यक्षमता कमजोर रहेका मन्त्रीहरू ‘हेरफेर’ गर्दा गुरूङले यो मन्त्रालय पाएका हुन् ।

प्रधानमन्त्रीले मन्त्री बनाएका गुरूङलाई राज्यले भने फौजदारी मुद्दा लगाएको छ । उनीविरूद्ध ज्यान मुद्दा अदालतमा विचाराधीन छ । ज्यान मुद्दामा कात्तिक ३ गते गरूङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छोडेको हो ।

उनको मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी छ ।

अदालतमा विचाराधीन ज्यान मुद्दाको अन्तिम किनारा नलागेका व्यक्ति मन्त्री बन्न नैतिकमात्र नभएर कानुनी रूपमै नमिल्ने कानुनीविद् बताउँछन् । ‘फौजदारी मुद्दाको आरोपी अदालतबाट मुद्दाको अन्तिम किनारा नलागी मन्त्री बन्नु आफैंमा कानुनी प्रश्न हो,’ संविधानविद् भीमार्जुन आचार्य भन्छन्, ‘हाम्रो देशको कानुन र संविधानले यो अपेक्षा गर्दैन ।’

के हो गुरूङविरूद्धको ज्यान मुद्दा ?

२०७४ मा स्थानीय तह निर्वाचनको पहिलो चरणको प्रचारप्रसार हुँदै थियो । दोलखामा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन थियो ।

विपक्षीको बलियो गठबन्धनसँग तत्कालीन नेकपा एमाले एक्लै चुनाव लडिरहेको थियो। गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा २०७४ वैशाख २६ गते दुबै पक्षले आफ्नो समूहको ‘ताकत’ देखाइरहेका थिए ।

माओवादीले अघिल्ला चुनावमा त्यो क्षेत्रमा बुथ कब्जा गर्न खोजेका थिए । घटना दोहोरिन सक्ने आँकलन गरी एमाले तर्सिएको थियो । उसैमाथि दुई पार्टीको गठबन्धनले एमाले दबाबमा परेको थियो ।

एमालेले तत्कालीन जिल्ला अध्यक्ष हाल मन्त्री पार्वत गुरूङलाई चुनावी कमाण्डर बनाएर मैदानमा खटाएको थियो । गौरीशंकर-५ मा बसोबास रहेका गुरूङले कांग्रेस-माओवादी गठबन्धनलाई ‘तह’ लगाउन ‘टाइगर ग्रुप’ खटाए ।

‘टाइगर ग्रुप’ कथित नाम दिएर एमालेले चुनावमा खटाएको थियो । प्रहरीका अनुसार आपराधिक गतिविधिमा संलग्नसमेत व्यक्ति राखेर सो ग्रुपमा संयोजक सविन तामाङलाई तोकिएको थियो । सागर तामाङ, कर्ण तामाङ, छेसाङ तामाङ, जीवन तामाङ, मीनबहादुर तामाङलगायत त्यसका सदस्य थिए ।

२६ गतेको त्यो दिन, टाइगर ग्रुपसहितको एमाले र माओवादी कांग्रेसबीच आमने-सामने र घम्साघम्सी चलिरह्यो । दुबैले जिल्लाभरिका कार्यकर्ताहरू त्यहाँ भेला पारेका थिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया