आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

राष्ट्रपतिः मन्त्रीको चयनमा किन संलग्न? नेता रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनका बारेमा सामाजिक सञ्जालमा नेकपाकै नेताहरुले विभिन्न टिप्पणी गरेका छन् ।

मन्त्रीमण्डल पुर्नगठनबारे नेकपा नेता प्रभु साहले ‘लेनदेनको आधारमा’ भनी टिप्पणी गरेका थिए । अर्का नेता भीम रावलले चार बुँदे टिप्पणी सार्वजनिक गरेका छन् ।

नेकपाका पश्चिम सुदुर पश्चिम प्रदेशका इन्चार्जसमेत रहेका रावलले नेकपाका सच्चा र इमान्दार कार्यकताका लागि सोचनीय र गम्भीर कुरा भन्दै टिप्पणी गरेका छन् ।

नेता रावलले सरकारमा सहभागी हुने मन्त्री चयनमा राष्ट्रपतिको संलग्नताबारे पनि प्रश्न उठाएका छन् ।

‘संविधानले मयार्दित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी पक्ष, विपक्ष, राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो?’ रावलको प्रश्न छ ।

‘नेकपाको उच्छितो काड्नेहरू’ भन्दै उनले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीप्रति टिप्पणी गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया