आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

विरामी बलात्कारको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर पक्राउ

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा बिरामीमाथि बलात्कारको आरोपमा पक्राउ परेका छन् । धनुषा घर भई हाल ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल कार्यरत  डाक्टर झा अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । ‘उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया