आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

५२ पदका लागि भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खस्यो

तीन तहका ५२ पदका लागि विभिन्न स्थानमा भएको मतदानमा ६५ प्रतिशत मतदान भएको छ । शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो ।

शनिबार साँझ पत्रकार सम्मेलन गरी आयोगले सबैभन्दा बढी रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पाको थबाङमा मत खसेको जानकारी गराएको हो ।

आयोगले यो प्रारम्भिक तथ्यांक भएको बताएको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि केही मतदानस्थल नजिकै सामान्य घटना भएको निर्वाचन भएको आयोगले उल्लेख गरेको छ ।

आयोगले निर्वाचनमा अपेक्षाकृत कम मत खसेको बताएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया