आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

काठमाडौंमा १३‍ औँ ‘साग’को भव्य उद्घाटन

१३ औं दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) भव्य उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच सागको उद्घाटन गरेकी हुन् । उद्घाटनका क्रममा करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत भए ।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक विविधता झल्कने कार्यक्रम पनि प्रस्तुत गरिएको छ । सरकारले १३ औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको बताइएको छ । दक्षिण एसियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकुद उत्सवको रुपमा पनि लिने गरिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया