आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

अस्पतालको आइसियुबाट ओलीको सन्देश: म ठीक हुँदैछु

प्रधानमन्‍त्री केपी ओलीले अस्पतालबाटै भिडियो सन्देश दिदै आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताएका छन् । एपेन्डिसाइटिस शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा स्वास्थ्यलाभ गरिरहेका ओलीले भनेका छन्, मेजर अप्रेशन गर्नुपरेकोले केही समय लाग्यो । अब म ठीक हुँदैछु ।

प्रधानमन्‍त्रीले भिडियो सन्देशमा दिएको सन्देश यस्तो छ

‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो । त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ- मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग ‘ को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु  । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

केपी शर्मा ओली
प्रधानमन्त्री

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया