सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

ट्राफिकमा काका-भतिजको कमाउ धन्दाः एसएसपी ‘ढकाल’लाई फसाउँने प्रयाश

संघीय राजधानी काठमाडौंमै लाइसेन्सका लागि लिइने परिक्षामा ठुलो आर्थिक चलखेल हुने गरेको छ । ट्रायलमा सहभागी नै नभएकालाई पास गराएर लाइसेन्स दिने प्रहरी तथा यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाहरुले ठुलो रकम असुली गर्ने गरेको पाइएको हो ।

ट्राफिक महाशाखाबाट ट्रायलदिने स्थानमा खटिने प्रहरी १० औं बर्ष सम्म पनि एउटै अनुहारका हुने गरेका छन् । उनिहरु कहिले पनि फिल्डमा जान पर्दैन । ट्रालय र लिखित परिक्षामा भने उनिहरुको नाम उतिखेरै चढिहाल्छ । ट्रायल दिने स्थान भक्तपुर, सुकेधारा, एकान्तकुना, गुर्जुधारा लगायत स्थानमा ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागबाट खटिने कर्मचारी प्राय सँधै एउटै अनुहार हुन्छन् । ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागबाट चालक अनुमति पत्रका लागि लिइने लिखित परिक्षा तथा ट्रायल सेन्टरमा खटिने प्रहरी तथा विभागबाट खटिने कर्मचारी जहिले पनि उहि हुन्छन् ।

उनिहरुको ड्यूटी ट्रायल सेन्टर र ट्रायलको लिखित परिक्षा दिने स्थान भन्दा बाहिर पर्दैन । यी सबै स्थानमा ट्राफिक महाशाखाका हवल्दार मेजर दिवश दाहालले प्रहरी जवान र हवल्दारलाई खटाउँने गरेका छन् । तिनै हवल्दार दाहालका आफ्नै भतिज हुन् प्रहरी जवान शेखर दाहाल । माथिल्लो सेटिङको पहुँचमा तिनै दाहालले खटाउँने प्रहरीमै ठुलो आर्थिक चलखेल हुने गरेको छ । र उक्त रकम माथिल्लो पोष्टका प्रहरी सम्म भागी पुर्याउने गरेका छन् । त्यहि सेटिङमा ट्रायल सेन्टर तथा लिखित परिक्षमा ठुलो रकम चलखेल हुने गरेको पाइएको छ ।

ट्रायल सेन्टरमा मोटो रकम चलखेल भन्ने समाचार यस अघि विभिन्न संचार माध्यमबाट प्रसारण भइसकेका छन् । अनियमितताको समाचार प्रशारण भएपछि मेजर दाहाल र उनका भतिज लगायत अन्य प्रहरीलाई ट्रायल सेन्टर भन्दा अन्यतै पोष्ट हालियो । तर हवल्दार मेजर दिवश र भतिज २० दिनमै पुनः सोहि स्थानमा फर्किन सफल भए । सबै कर्मचारीको अन्यत्र पोष्ट हुँदा काका भतिज भने सोहि स्थानमा फर्किन सफल भए ।

यसले के प्रश्ट हुन्छ भने ट्रायल सेन्टरमा खटाउने मेजरको कति चलखेल हुन्छ भन्ने कुरा । रकम असुलीका लागि लामो समय देखि महाशाखाका ट्वासी खगेन्द्र सुनुवार, सुविदार मेजरका ट्वाइसी प्रकाश खत्रीको अन्यत्र कहिले पनि ड्यूटी पर्दैन । उनिहरु रकम असुलीमै रमाउँने गरेका छन् । यसरी सकम असुलीमा महाशाखामा अन्य प्रहरी पनि छन् । जसमा प्रज सागर विष्ट, जीवन लामा, विपिन आचार्य, खैसरा भट्ट, बविता घर्ती, जीतबहादुर थापा क्षेत्री छन् ।

                                                            दिवश दाहाल, हवल्दार मेजर 

त्यस्तै प्रज अर्जुन सिंह धामी, तपराज भट्ट, रेशम कँडेल, बोना ढकाल, अजित राउत, बविका घर्ती नयायणी सापकोट छन् । उनिहरु एक दशक भन्दा बढी समय देखि एउटै ड्यूटीमा खटिँदै आएका छन् । यीनै घुष खाने प्रहरीका कारण प्रहरीको साख नै गुम्ने हो कि भन्ने चिन्ता एकथरी प्रहरी भित्रै उठ्ने गरेको छ । महाशाखामा नयाँ प्रमुख आउने साथ नजिकिएर यिनीहरुले महाशाखा प्रमुखलइ प्रभावमा पार्ने गरेका छन् ।

प्रशासनमा भएकाहरुले दैनिक असुलीको बन्दोबस्ती गर्ने गर्दछन् । यो यथार्थ हो । यति मात्र कहाँ हो र पोष्ट खटाउँनु पर्नेमा स्थानबाट पनि प्रशासन सम्म मिलाउँने सेटिङ दिवशले गर्छन् । प्रशासनमा प्रहरी हवल्दार पदबाट एकै स्थानमा १२ बर्षसम्म प्रशासन फाँटमा रहेर काम गरेका अहिले प्रसनी भइसकेका जानुका पाण्डे र प्रहरी जवान रेश्म कँडेलको ठुलो सेटिङ हुने गरेको छ । उनिहरु कहिले पनि फिल्डमा जान पर्दैन । स्रोत भन्छ यिनीहरु नै हुन् मुख्य रकम असुलीमा संम्लग्न प्रहरी ।

अझ अब त प्रशासनबाट सिन्डिकेट चलाउन प्रसनी देवीराम भण्डारी प्रशासनमा आएका छन् । उनि सिपाई छँदा १० बर्ष प्रशासनमा बसेका थिए । प्रसनी भएपछि पुनः प्रशासनमै सेटिङ मिलाएर आउनु सामान्य कुरो होइन । उनि तालिम सकिने वित्तिकै फेरी महाशाखा आउन सफल भए । त्यति मात्र कहाँ हो र महाशाखा आएको दुई दिनमै प्रशासनमा आउन उनि सफल भए । यसले पनि प्रशासनमा आउन कति चलखेल हुन्छ भन्ने प्रश्ट हुन्छ ।

                                                                         शेखर दाहाल, प्रहरी जवान

उपत्यकामा दैनिक एक हजारले लाइसेन्सका लागि ट्रायल दिने गरेका छन् । र ती मध्ये आधा भन्दा कमले लिखित परिक्षा तथा ट्रायल पास गर्छन् । बाँकी सबैबाट आर्थिक चलखेल हुने गरेको छ । त्यो रकम प्रहरीकै माथिल्लो पोष्ट सम्म पुग्ने गरेको स्रोत्रले जानकारी दिएको छ । ट्रायलविनै लाइसेन्स दिलाए वापत प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिएको बताइन्छ ।

ट्रायलमा अनुपस्थित भएकाहरूलाई पास गरेको रेकर्डमा देखाएर कर्मचारी र प्रहरी मिलेर अनियमितता गर्ने गरेका छन् । लामाे समय यातायात कार्यालय तथा ट्रायलमा खटिने प्रहरीले अकुत सम्पती आर्जन गरेर आलिनशान बंगला बनाउन सफल भएका छन् । पछिल्लो समय सीसीटीभी निगरानीकै बाबजुद कर्मचारीले ‘घूस’ खाएर ट्रायल फेल भएकालाई समेत ‘पास’ उल्लेख गरी लाइसेन्स जारी गर्ने गरेको पाइएको छ । ट्रायलमा देखिएका अनियमितताका घटना विश्वास नै गर्न नसकिने खालका छन् । र उनिहरु विना संकोच खुलमखुला मनोमानी ढंगले काम गरेका छन् ।

पछिल्लो समय तीन ढंगले अनियमित रूपमा लाइसेन्स जारी गर्ने गरेको पाइएको छ । ट्रायलमा सहभागी भएर फेल भएकालाई उनीहरूले गैरकानुनी ढंगले लाइसेन्स जारी गर्ने गरेका छन् । यसैगरी, फर्म भरेका अनि जाँचमा सामेल नभएकाहरूलाई पनि पास गराइने गरेको पाइएको छ । चारपाङ्ग्रे साना सवारीको लाइसेन्सका लागि लिने घूसको दर २५ हजारदेखि ४० हजार रुपैयाँ रहेको छ । यस्तै मोटरसाइकलको २० देखि ३५ हजार लिने गरेका छन् । ‘यो दरलाई हेर्दा उनीहरूले लाइसेन्समा मात्रै मासिक ४० लाख सम्म घुष लिने गरिको देखिन्छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया