सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

१३ औं सागमा ३ स्वर्ण सहित ११ पदक जित्ने गौरिका

नेपाली पौडीबाज गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेसँगै गौरिकाले जारी १३ औं सागमा व्यक्तिगत स्वर्ण संख्या ३ पुर्‍याइन। यसअघि उनले २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन् ।

उनले आइतबार ५० ब्याकस्टोकमा भने रजतमै चित्त बुझाउनु पर्‍यो। यसअघि उनले सय मिटर ब्याकस्टोकमा पनि रजत नै जितेकी थिइन् ।

आइतबार गौरिकासहितको नेपाली टिमले ८ सय मिटर फ्रिस्टायल रिलेमा कास्य जितेको छ । यसअघि नेपाली महिला टिमले चार सय मिटर फ्रिस्टायल रिलेमा पनि कास्य जितेको छ ।

आइतबारसम्ममा गौरिकाले पदक संख्या ७ पुर्‍याएकी छिन् । सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन् । जसमा १ रजत र ३ कास्य समावेश थिए। गौरिकाले सागमा समग्रमा ३ स्वर्ण, ३ कास्य र ५ रजत जित्दै इतिहास कोरिसकेकी छिन् ।

सागको ३५ वर्षे इतिहासमा गौरिकाले पौडीको व्यक्तिगत स्वर्ण जित्ने नेपालकी पहिलो खेलाडी बनेकी थिइन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया