बुधबार, श्रावण २१, २०७७
www.samsararemit.com

कोहलपुर घटना प्रति तरुण दलका नेता जिसिद्वारा आपत्तिः छानविनको माग

कोहलपुरमा विद्यार्थीलाई ट्रकले ठक्कर दिएको घटनापछि प्रहरीले गरेको दमनको नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका नेता लालबहादुर जिसिले आपत्ति जनाएका छन् ।  जिसिले घटना प्रति आपत्ति जनाउँदै दोसिलाई कारवाहीको माग समेत गरेका छन् । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोध गर्ने अधिकार संरक्षण गर्नुको साटो सरकारले नावालक विद्यार्थी माथि प्रहरी खटाएर दमन गरेर लोकतन्त्रको खिल्ली उढाएको नेता जिसिले टिप्पणी गरेका छन् ।

आइतबार कोहलपुरमा विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि त्यहाँको माहोल तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपमा विद्यार्थीहरुलाई दवाउन ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको थियो । विद्यार्थीलाइ दमन गर्न प्रहरीले दुई दर्जन भन्दा बढी हवाई फायर गर्दा विद्यार्थी घाइते भएका थिए ।

प्रहरीले चलाएको गोली लागेर एक जना विद्यार्थी गम्भिर घाईते भएका छन । भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढि हवाई फायर गरेको थियो । सोही क्रममा एक बिद्यार्थीलाई रबरको गोली लागेको छ भने एक दर्जन बढि विद्यार्थी घाईते भएका छन । घटनामा आधा दर्जन बढि प्रहरी समेत घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीरको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया