सोमबार, माघ ६, २०७६
www.samsararemit.com

भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री आउछन्ः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् ।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरे ।

उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए । उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरु नेपाल आउने गरेको बताए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया