सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

अमेरिकाले दिएका दुई स्काई ट्रक काठमाडौं आइपुग्यो

अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा स्काई ट्रक काठमाडौं आइपुगेको छ । अमेरिकाले नेपाली सेनालाई सहयता स्वरुप प्रदान गरेको दुई स्काई ट्रक आइतबार बिहान अवतरण गरेको हो ।

‘एम–२८’स्काई ट्रक विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए ।

‘एउटा स्काई ट्रकमा १८ जना यात्रु बोक्न मिल्छ भने २३ सय किलो क्षमताको सामाग्री बोक्न सक्छ’ पाण्डेले भने, ‘पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि ती स्काई ट्रक प्रयोगमा आउँछन् ।’

दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको छ । २०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो ।

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई जहाज उपलब्ध गराएको हो ।

यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक दिने घोषणा गरेकोमा थप दुई जहाज २०२१ सम्म आइपुग्ने सेनाले जनाएको छ । सेनाका अनुसार बाँकी दुईमध्ये एउटा जहाज एयर एम्बुलेन्स हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया