सोमबार, माघ ६, २०७६
www.samsararemit.com

गौरिकाले जितिन् चौथो कीर्तिमानी स्वर्ण पदक

गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन् । उनले सोमबार सय मिटर फ्रिस्टायलमा अस्तो स्वर्ण सुनिश्चित गरिकी हुन् ।

सय मिटर फ्रिस्टायल गौरिकाले ५८.१३ सेकेण्डमा पार गरिन् भने भारतीय खेलाडी सिभांगी शर्माले ५८.१५ सेकेण्डमा दूरी पार गरेकी हुन् ।

यो सँगै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड बराबरी गरेकी छिन् । विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए ।

गौरिका सिंह एकै साग संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन् ।

आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै उनले एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी थिइन् । यसअघि उनले २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन् ।

सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन् । जसमा १ रजत र ३ कास्य समावेश थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया