मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

२० लाख घुस सहित दुई इन्जिनियर पक्राउ

सडक डिभिजन कार्यालय चकचके प्युठानमा कार्यरत दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन् । डिभिजन कार्यालय प्रमुख (सीडीई) धुब्रकुमार श्रेष्ठ र इन्जिनियर निरज महर्जन मंगलबार पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिएपछि उनीहरु पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट श्रेष्ठ र महर्जनलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु भएको छ । २० लाख रकमसहित पक्राउ परेका उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया