सोमबार, जेष्ठ १२, २०७७
www.samsararemit.com

यस साता नेप्से रंगियो: ४० अंकको वृद्धि, लगानी कर्तामा उत्साह

मंसिर महिना शेयर लगानीकर्ताका लागि राम्रो बन्यो । यस साता पुँजी बजारसहित कारोबारमा पनि उच्च वृद्धि आएसँगै बजारले लय समातेको अनुमान गरिएको छ । यस साता शेयर बजार परिसूचक नेप्से ४० अंकले उक्लियो ।

गत बिहिबार ११ सय ३१.९२४६ रहेको नेप्से यस साताको बिहिबारसम्म ४०.७२२३ अंकले बढेर ११ सय ७२. ६४६९ अंकमा पुग्यो । आइतबारको तुलनामा भने नेप्से ३७.२६८४ अंकले बढेको हो । यस साता आइतबारदेखि बिहिबारसम्मै नेप्से बढ्यो ।

यस साता कारोबार रकम पनि करिब ८७ प्रतिशतले बढ्यो । १ सय ९० कम्पनीको ८२ लाख ४६ हजार कित्ता शेयर २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो । यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रह्यो । बैंकको १३ करोड ९० लाख रुपैयाँको कारोबार भयो ।

कारोबार रकमकै आधारमा एनएमबी बैंकलाई डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, माछापुच्छ्र बैंक र स्वाबलम्ब लघुवित्त वित्तीय संस्थाले क्रमशः पछ्याए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया