सोमबार, माघ ६, २०७६
www.samsararemit.com

१ नम्बर प्रदेश जाँदै वरिष्ठ नेता पौडेलः राजनीतिक भेटवार्ता हुने संकेत

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाथीभरा देवीको दर्शन गर्ने भएका छन् । वरिष्ठ नेता पौडेलले  मंसिर २९ गते ताप्लेजुङमा अस्थित साक्षर देवीको रुपमा चिनिने पाथीभरा देवीको दर्शन गर्न जाने भएका हुन् । त्यसका लागि नेता पौडेल आजै विराटनगर जाने छन् । विराटनगरमा उनि बिपि निवासमा रात बिताउँने छन् ।

विराटनगर बसाइका  क्रममा राजनीतिक भेटवार्ता समेत हुन सक्ने उनको सचिवालयले  जनाएको छ । विराटनगरबाट नेता पौडेल आइतबार पाथीभरा प्रस्थान गर्ने छन् । उनिसँगै श्रीमती, छोरा बुहारी पाथीभरा जाने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्य समिति बैठकमा सभापति देउवाको कार्यशैली प्रति गम्भिर असन्तुष्टी राख्दै बैठक बहिस्कार गरेका  वरिष्ठ नेता पौडेलको भ्रमणलाइ अर्थ पूर्ण रुपमा लिइएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया