शनिबार, जेष्ठ १७, २०७७
www.samsararemit.com

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ । भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो ।

उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन । ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन् । करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए ।

पछिल्लो पटक उनले ‘यात्रा’ नामक सिनेमा निर्माण गरेका छन् । ‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया