सोमबार, माघ ६, २०७६
www.samsararemit.com

सांसदलाई ६ करोड बाड्ने व्यवस्था विरुद्ध सर्वोच्चमा रिट

प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन जना सांसद सर्वोच्च अदालत रिट दायर गरेका छन् ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस सांसद प्रकाश रसाइली, रंगमती शाही र राष्ट्रियसभाका प्रकाश पन्थले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ६ करोडका दरले पैसा बाँड्ने कार्यक्रम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा ६ करोड रकम बाँड्ने कार्यक्रम खारेजीको माग गरिएको छ ।

प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था आर्थिक बर्षको बजेटमा  भएको थियो । सर्वत्र आलोचना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया