सोमबार, माघ ६, २०७६
www.samsararemit.com

बर्माकी कलावती ‘घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान’द्वारा सम्मानित 

म्यानमारकी सामाजिक अभियन्ता कलावती न्यौपाने ‘घिमिरे’ नेपालमा सम्मानित भएकी छिन् । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानले सोमबार सामाजिक अभियन्ता घिमिरेलाई काठमाडौंमा सम्मानित गरेको हो ।

म्यानमारमा घिमिरे लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छिन् । उनलाइ खादा तथा दोसल्लाले सम्मान गरिएको हो । उनि घिमिरे बन्धु प्रतिष्ठान म्यानमारकी सल्लाहकार समेत हुन् ।

कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालका अध्यक्ष, द्वितीय उपाध्यक्ष, सचिव, काेषाध्यक्ष, सह-काेषाध्यक्ष सहित अन्य केन्द्रीय सदस्यहरुकाे समेत उपस्थिति रहेको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया