सोमबार, माघ ६, २०७६
www.samsararemit.com

लिंकनलाई अर्को सफलताः एभरेष्ट सिटी कमिशनको पुनः सदस्य

 

नेपाली मुलका अमेरिकन नागरिक लिंकन एभरेष्ट “रेक्रियशन एण्ड सिनियर सर्भिस कमिसन” मा लगातार दोश्रो पटक सदस्यमा नियुक्त भएका छन् । कनेक्टिकेट राज्यस्थित मिडलटाउन सिटीको कमन काउन्सिलको  बैठकले नेपाली मुलका अमेरिकन नागरिक एभरेष्टलाई २ बर्षको लागि “रेक्रियशन एण्ड सिनियर सर्भिस कमिसन”को सदस्यमा नियुक्त गरेको हो ।

मिडलटाउन सिटीको मेयरको कार्यालय अन्तर्गत रही कार्य सम्पादन गर्ने यस आयोगले तोकिएको कार्यहरु गरी मेयरलाई प्रतिबेदन बुझाउने गर्दछ । यस अघि पनि २ बर्षको अवधि रहेको १ कार्यकाल आयोगको सदस्य पदमा रहि लिंकन एभरेष्टले आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् । उनको कार्य मुल्यांकनको आधारमा पुनः नियुक्त गरेको बताइएको छ । उनले डिसेम्बर १८ मेयर बेन्जामिन फ्लोरशिमबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया