सोमबार, माघ ६, २०७६
www.samsararemit.com

प्रकाश र ज्योति पुरस्कृत


नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हेम बहादुर मल्ल पुरस्कार २०७३ र २०७४ बाट नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गरेको छ ।
उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ हेम बहादुर मल्ल पुरस्कार २०७३ बाट सम्मानित भएका हुनु भने डा. सुन्दुक रोइत हेम बहादुर मल्ल पुरस्कार २०७४ बाट सम्मानित भएका हुन् । घिसिङले नेपालमा लोडसेडिङ मुक्त गर्न सके भने आँखा रोग विशषेज्ञका रुपमा एक लाख भन्दा बढीलाई दृष्टी दिन सकेका छन् ।

दुबै जना यहि पुष ११ गते शुक्रबार राजधानी आयोजित एक भव्य कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गरे ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ । स्व. मल्लले साल्ट टे्रडिङ्ग कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरी कर्पाेरेसनमा विशेष योगदान पुर्‍याएका थिए ।

छनोट समितिमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितीमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाादनी जोशी र केदार खड्का सदस्य रहेका थिए ।
यस अघि उक्त पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भइ सकेका छन् ।

घिसिङले १८ घण्टाको लोडसेढिङ लाई अन्य गरेकाले उनलाई प्रकाशको उपमा दिएको छ । भने रुइतले एक लाख भन्दा बढीको गुमेको आँखाको दृष्टी दिएकाले उलाई ज्योतिको उपमा दिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया