सोमबार, माघ ६, २०७६
www.samsararemit.com

नेपाल भ्रमण वर्ष शुभारम्भः २० लाख पर्यटन ल्याउँने लक्ष्य

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा भ्रमण वर्ष शुभारम्भ गरेकी हुन् ।

नेपालको पर्यटन र सांस्कृतिक विविधता विश्वभर चिनाउन र नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढाउन महाअभियान सुरु गरिएको राष्ट्रपति भण्डारीले बताइन्।  उनले भनिन्, ‘नेपालमा सगरमाथा र लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य छन् । यी गन्तव्य प्रवद्र्धन गरेर बढीभन्दा बढी पर्यटक भित्रयाउँने अभियान सुरु भएको छ  ।’

नयाँ गन्तव्य रुचाउनेका लागि नेपाल आकर्षक स्थल हुने भनाइ उनको छ । राष्ट्रपति भण्डारीले पर्यटन विकासबाट देशले गर्ने पर्यटन विकास मात्रै नभए समग्र व्यावसायिक दृष्टिले लाभ लिन सकिने बताइन् । विश्व समुदायकै ध्यान तान्न भ्रमण वर्ष मनाइएको राष्ट्रपति भण्डारीले बताइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल घुम्न र अविस्मरणीय क्षण लिएर जान अनुरोध गरे ।

भ्रमण वर्ष सबैलाई एक ठाउँमा उभ्याएको र पर्यटन समृद्धिमा दिएको प्राथमिकतासँगै राजनीतिक विभेद र असमानता अन्त्य गराएको सन्देश दिएको पनि उनले बताए । उज्यालो ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराका साथ पर्यटनको महाअभियान सुरु भएको पनि मन्त्री भट्टराईको भनाइ  ।

नेपाल पर्यटकका लागि आफैंमा एउटा पूर्ण प्याकेज भएको मुलुक हुनाले पनि विदेशी पर्यटकलाई जति बेला जुनसुकै मौसममा पनि नेपाल आउन उनले आग्रह पनि गरे ।

भ्रमण वर्षको बुधबार सातै प्रदेशबाट गरिएको छ । यसलाई सरकारले राष्ट्रिय उत्सवको संज्ञा दिएको छ । यही उत्सवलाई महात्सव बनाउन पनि २० लाख पर्यटकको लक्ष्य नेपालले राखेको उल्लेख छ ।  भ्रमण वर्षसँगै अब सरकारले सन् २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्ने योजना पनि अगाडि सारेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया