सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

ज्यान मार्ने मुद्दामा अनुसन्धान गर्न सांसद शाहलाई पक्राउ गर्न अनुमति

कपिलवस्तुबाट निर्वाचित प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतमा सांसद शाहलाई ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो ।

सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा बिहीबार जाहेरी दर्ता भएको थियो । कपिलवस्तु ३ बाट निर्वाचित सांसद शाहविरुद्ध स्थानीय श्यामकुमार मिश्राले जाहेरी दर्ता गरेका थिए । गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो।  मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया