सोमबार, माघ ६, २०७६
www.samsararemit.com

उपसचिव ढुंगानाविरुद्ध पौने ५ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ढुंगानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

ढुंगानाले सार्वजनिक सेवामा रहँदा गैरकानुनी सम्पत्ती आर्जन गरेको उजुरीका आधारमा छानबिन अघि बढाइएको अख्तियारले जनाएको छ । ढुंगानाले २०४९ सालमा सेवा प्रवेश गरेदेखि २०७५ असारसम्म गरेको वैध आम्दानी ७९ लाख ५४ हजार रुपैयाँ रहेको र यो अवधिमा उनले गरेको खर्च ५ करोड ४८ लाख देखिएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

ढुंगानाले आफू पदमा बहाल रहँदा भ्रष्टाचारजन्य काम गरी आर्जन गरेको सम्पत्तीबाट श्रीमती मधु कोइरालाको नाममा समेत स्रोत नखुल्ने सम्पत्ती खरिद गरेकाले सोसमेत जफत गरी उनीविरुद्ध पनि मुद्दा दायर गरेको विज्ञप्तीमा जनाइएको छ । उपसचिव ढुंगाना अहिले अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा कार्यरत छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया