सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

एटिएमबाट दैनिक १ लाख पैसा झिक्न मिल्ने

एटिएम बुथबाट पैसा लुटिएपछि चाहिनेभन्दा बढि नै कडाइ गरेको राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै पूरानै निर्णयमा फर्किएको छ ।
चिनियाँ ह्याकरले पैसा लुटेपछि राष्ट्र बैंकले एक दिनमा एक लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको थियो । एकपटकमा २० हजारमात्रै झिक्न पाइन्थ्यो ।

एटिएमको सीमा घटेपछि सर्वसाधारणलाई गाह्रो परेको थियो । त्यसपछि एकीकृत निर्देशिकामार्फत राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विभागले नीतिलाई पुरानै अवस्थामा फर्काएको हो ।

एटिएम बुथ लुटिएपछि अर्को एउटा अब्यवहारिक निर्णय गरेको राष्ट्र बैंकले त्यसलाई पनि सच्याएको छ । प्रत्येक बुथमा सुरक्षागार्ड राख्नुपर्ने ब्यवस्था गरिएको थियो ।

जबकी त्यहाँ २४ सैं घण्टा सीसीटीभी निगरानी हुन्छ । गार्ड राख्ने ब्यवस्थाले बैंकहरुको खर्च बढेको थियो भने त्यो खासै प्रभावकारी पनि भएको थिएन । त्यसैले बिहीबारबाट त्यो निर्णय पनि खारेज गरिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया