सोमबार, माघ ६, २०७६
www.samsararemit.com

जापानले नर्सिङ केयरका लागि २३ सय नेपाली कामदार लाने

जापानमा नर्सिङ केयर गिभरमा काम गर्न जानेहरुका लागि जनवरी र मार्चमा भाषा परीक्षा तोकेको छ । भाषा परीक्षा जनवरी ७, ८, १४, १६, २१, २३, २८, २९ र मार्च ३, ५, ९, ११, १२, १५, १९ मा हुँने भएको हो ।

वैदेशिक रोजगार विभागले शुक्रबार जारी गरेकाे सूचनाअनुसार २ हजार ३ सय कामदारको माग भएकाे छ । जनवरीमा हुने भाषा परीक्षाबाट १ हजार कामदार छनोट गरिने छ ।

जापानले मार्चको परीक्षामा नर्सिङ केयरका लागि कोटा पनि बढाएको छ । भाषा तथा सीप परीक्षामा उत्तीर्ण १ हजार ३ सय कामदार जापानले लैजाने भएको हो ।

जापान फाउण्डेशनले युनिर्भसल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्यूटमा परीक्षा केन्द्र तोकेको छ । परीक्षा कम्प्यूटरमा आधारित हुने छ । भाषा परीक्षा उत्तीर्ण भएपछि सीप परीक्षण हुनेछ ।

परीक्षा शुल्क २५ सय रुपैयाँ तोकिएको छ । नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र परीक्षामा सहभागी हुन आवश्यक पर्ने छ। भाषा परीक्षाका लागि न्यूनतम योग्यता जापानीज भाषामा कमन युरोपियन फेमवर्क अफ रिफ्रेन्स फर ल्याङ्गेवज एटु लेभल (सीइएफआर) आवश्क पर्दछ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया