शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

चाँडै किड्नी प्रत्यारोपण गर्छु अनि बेस्सरी काम गर्नुः प्रधानमन्‍त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै मृगौला फेर्ने र तीन वर्षसम्म सक्रियतापूर्वक सरकार हाँक्ने बताएका छन् । मृगौला फेर्नु अहिलेको जमानामा कुनै ठूलो कुरो नभएको प्रधानमन्त्रीले बताए ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले भने, ‘चुनावपछिका कुरा नगरौं । तीन वर्षपछि चुनाव हुन्छ । तीन वर्षसम्म प्रधानमन्त्री रहने हो । तपाईहरुलाई बताइदिऔं, किड्नी ट्रान्सप्लान्ट गर्छु अब छिट्टै ।’

आफ्नो स्वास्थ्य सामान्य रहेको आत्मविश्वास प्रकट गर्दै प्रधानमन्त्रीले भने, ‘अलिअलि समस्या छ किड्नीमा । अलिअलि समस्या किन राख्ने आजको जमानामा ? एउटा किड्नी ल्याएर राख्छु । यो ठूलो कुरै होइन । तपाईहरु ढुक्क हुनोस् ।

छिट्टै किट्नी ट्रान्सप्लान्ट गरेपछि बेस्सरी काम गर्न सजिलो हुने प्रधानमन्त्रीले बताए । ‘मैले किड्नी छिट्टै किन राख्ने भने बेस्सरी काम गर्न सजिलो होस् भनेर । अहिलेभन्दा बढी सजिलोसँग काम गर्नका लागि ।’

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया