सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

१६ वर्षीय किशोर जिस्क्याउँदा मन्‍त्रीको जागिर चैट

स्कटल्याण्ड: स्कटल्याण्डका अर्थमन्त्रीले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि मात्रै राजीनामा दिएका छन् । १६ वर्षे किशोरलाई सामाजिक सञ्जालमा सयौं सन्देश पठाएपछि अर्थमन्त्री डेरेक माकेले राजीनामा दिएका हुन् । उनले आफूले मुर्खतापूर्ण व्यवहार गरेको स्वीकार गर्दै राजीनामा दिएका हुन् ।

स्कटिस सन पत्रिकाले ४२ वर्षीय वित्तमन्त्री माकेले ती युवकलाई फेसबुक र इन्स्टाग्राममा सयौं सन्देश पठाएको खुलासा गरेको थियो । ती युवकलाई उनले ‘प्यारो’ भन्दै रग्बी म्याच हेर्न र डिनरका लागि आग्रह समेत गरेका थिए ।

यद्यपि उनीमाथि कानुन उल्लंघन गरेको आरोप लागेको छैन । मन्त्रीले यस्तो घटनापछि सार्वजनिक रुपमै माफी मागेका छन् । ‘सरकारमा रहेर सेवा गर्न पाउनु ठूलो अवसर हो । र सहकर्मी र समर्थकलाई हिनतावोध गराएकोमा म क्षमाप्रार्थी छु,’ माकेले विज्ञप्तिमा भनेका छन् । स्कटिस नेश्नल पार्टीमा उदाउँदो नेताको रुपमा चिनिएका माकेले छोटो समयमै सरकारबाट बाहिरिनु परेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया