शनिबार, श्रावण २४, २०७७
www.samsararemit.com

कोरोना भाइरसः चिनियाँलाई भारत प्रवेशमा रोक

चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भारतले चिनियाँ नागरिकको प्रवेशमा रोक लगाएको छ । भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै मुलुकमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो । सरकारले स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको हो ।

कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको स्रोतले जनाएको छ । ‘नेपालबाट स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटकको आगमन प्रतिबन्ध लगाइएको हो ।

प्रतिबन्धको आदेश अघि आगमनको अनुमति लिइसकेको चिनियाँ नागरिकलाई भने भारतमा प्रवेशमा रोक लगाइने छैन । अन्य नयाँ चिनियाँ नागिरकको हकमा भने भिसा वा अगामनको अनुमति दिइने छैन् ।

अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा मात्र ५६३ को मृत्यु भइसकेको छ । चीनमा यसले महामारीको रुप लिएपछि विश्वभर सतकर्ता अपनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण विश्वका २७ देशमा फैलिइसकेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया