सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्याः कामदारले गरेको सिसिटिभीबाट खुल्यो

नेपाल सरकारको पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ललितपुर सानेपास्थित घरमा मुनालाई उनकै कामदार विजय चौधरीले प्लाष्टिकको पिर्काले हिर्काएर हत्या गरेपछि चौधरीले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

कार्कीका घरभित्र राखिएको सीसीटीभीलेसमेत यो दृश्य कैद गरेपछि प्रहरी उक्त निस्कर्षमा पुगेको हो । ‘बिहान नौ बजेतिर विजयले मुनालाई पिर्काले हिर्काई भुइँमा लडाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘ भुइँमा मुना लडेपछि कपाल समातेर टाउको बजारेको देखिन्छ । विजयले नै हत्या गरेको योभन्दा अरु प्रमाण हुन सक्दैन ।’ तर विजय र मुनाबीच के कुराको खटपट थियो भन्नेमा प्रहरीले केही खुलाएको छैन ।

कार्कीले आफन्त र प्रहरीसँग बताए अनुसार उनी पशुपतिनाथ मन्दिर गएर फर्किएपछि यो घटना भएको थाहा पाएका थिए । दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अर्जुनले बताए अनुसार मुना अचेत अवस्थामा लडिरेहेकी थिइन् । उनले तत्काल प्रहरीमा खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेर मुनालाई उपचारार्थ सानेपास्थित स्टार हस्पिटल पुर्‍याइएको थियो । तर, मुनाको मृत्यु भएको थियो ।

अर्जुनको घरमा सुत्ने कोठा र बाथरुम बाहेक अन्य स्थानमा सीसीटीभी छ । प्रहरीले अर्जुनको भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई नै आधार बनाएर अनुसन्धान दायरा फराकिलो बनाएको छ ।

प्रहरी घटनास्थलमा पुग्दा मुना भान्सा कोठामा रगताम्य भएर लडिरहेकी थिइन् भने कामदार विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए । प्रहरी पुग्दाको अवस्था र अर्जुनले प्रहरीमा दिएको जानकारी दुरुस्त मिले पनि मुनाको हत्या र विजयको आत्महत्याको प्रसंग खुल्न सकेको छैन ।

महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रुपमा अनुसन्धान थालेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया