सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

दाहालको बोली प्रति कांग्रेसको आपत्ति: गिरिजाबारे गैरजिम्मेवार अभिव्यक्ति !

पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति निकाल्दै दाहालको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका अध्यक्ष दाहललेले बिहीबार तत्कालिन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई फौजी आक्रमण बढाइदिन आग्रह गरेको दावी गरेका थिए । बिहीबार जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालय धुम्बाराहीमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गिरिजाप्रसाद कोइरालाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

तर बिहीबार नै कांग्रेसका प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले उक्त भनाइको खण्डन गर्दै प्रेस विज्ञिप्त जारी गरेका हुन् । ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको पनि बताए । साथै गिरिजा जीवीत छँदा नै नभनेकोमा पनि कांग्रेसको गुनासो छ । ‘गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांच्चै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जीवीत छँदा नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका वर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ,’ शर्माले भनेका छन् ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउँदै कांग्रेसले प्रचण्डको भनाइलाई विरोधाभाषपूर्ण भएको ठहर गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया