शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

बेलायती सांसद अब्राहम्सलाई भारत प्रवेशमा रोक

नयाँदिल्लीः भारतले बेलायती लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । सांसद अब्राहम्स कश्मीर मुद्दाकी कटु आलोचक हुन् ।

कश्मीरबाट संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको भन्दै कटु आलोचना गरेकी उनको भिसा नै रद्द गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतले गत अगष्टमा जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको थियो । सरकारले गरेको यस निर्णयको भारतमा प्रशंसा भएपनि विश्वका कयौं मुलुकमा भने त्यसको विरोध भएको थियो ।

व्यक्तिगत प्रयोजनको लागि भारत आएकी अब्राहम्सलाई दिल्ली विमानस्थलमै रोकिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया