शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

महरा छुट्दा ‘एमसिसी मुर्दावाद’को घन्क्यो नारा

पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा उनको स्वागतका लागि पुगेका सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै कार्यकर्ताले एमसिसीविरुद्ध नारा बाजी गरेका छन् ।

सोमबार महरा कारागारबाट छुटेपछि कार्यकर्ताले ‘एमसिसी मुर्दावाद’ भन्दै नारा लगाएका हुन् । महरा सभामुख भएका बेला एमसिसी परियोजना संसदबाट अघि बढाएका थिएनन् ।

‘अमेरिकी ग्राण्ड डिजाइन‘मा महरामाथि ‘रोशनी काण्ड’ लगाइएको उनका समर्थकहरूले दाबी गर्दै आएका थिए । एमसिसीलाई पारित गर्ने/नगर्नेबारे अहिले पनि नेकपाभित्र विवाद  छ। एमसिसीबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया